काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै मुख्य नीतिगत दरहरू घटाउने र व्यक्तिगत कर्जा सीमा बढाउने निर्णय गरेको छ।
समीक्षा अनुसार स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत, नीतिगत दर ४.५ प्रतिशत बाट घटाएर ४.२५ प्रतिशत बनाइएको हो । यससँगै बैंक तथा वित्तीय संस्थाले दिने व्यक्तिगत अधिविकर्ष कर्जा सीमा ५० लाखबाट बढाएर १ करोड पुर्याइएको छ।
राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदरको न्यूनतम १५ अन्तर राख्नुपर्ने नियम हटाएको छ। त्यसैगरी, डिजिटल भुक्तानी बढ्दै गएको कारण देखाउँदै, महानगरपालिकाभित्र धेरै नजिकका शाखा गाभ्न वा बन्द गर्न बैंकलाई स्वतन्त्रता दिइएको छ।
पूर्णपाठ–















प्रतिक्रिया