
काठमाडौँ, ३० जेठ । २०७० सालको प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज शुक्रबार प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा प्रकाशनका लागि सबै आवश्यक तयारी पूरा भएको भन्दै पनिकाले आजै परीक्षाफल प्रकाशन गर्ने जानकारी दिएको हो । नतिजा प्रकाशनका विषयमा अन्तिम तयारी गर्न परीक्षा समितिको बैठक शुक्रबार नै वस्ने र लगत्तै परीक्षाफल प्रकाशन गर्ने पनिकाले जनाएको छ । परीक्षा समितिको अध्यक्ष शिक्षा सचिव रहने प्रावधान रहेकाले शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बसेको बैठकको निर्णयपछि नतिजा प्रकाशन गरिने छ ।
गत चैत ६ गतेदेखि भएको परीक्षामा ५ लाख ६६ हजार ८५ विद्यार्थी सोमल थिए । जसमध्ये नियमति तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ परीक्षार्थी सहभागि थिए ।















प्रतिक्रिया