२९ आश्विन २०८३, बिहिबार

फोटो खिच्दा क्यामराको लाइटले बच्चाको आँखा गुम्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese_baby_758291552एजेन्सी । अनुहार नजिकै क्यामरा लगेर फोटो खिचिदिँदा एक बालकले सधैंको लागि संसार हेर्न नसक्ने भएका छन् । क्यामराको कडा फ्ल्यास लाइटको कारण बालकको आँखाको ज्योती गुमेको हो ।
घटना चीनको हो । न्वारान नगरिएका ती बालकको अभिभावकका एक साथीले फोटो खिच्दा क्यामराको फ्ल्यास लाइट बन्द गर्न बिर्सिएको कारण आँखाको ज्योति गुमेको समाचारमा बताइएको छ ।
दाँया आँखामा हेर्ने क्षमता अत्यन्त कम रहेको र बाँया आँखा पुरै बन्द भएको चिकित्सकले बताएका छन् । फोटो खिच्ने बालकका परिवारका ती साथीले कस्तो कानुनी कारवाही भोग्नुपर्नेछ भन्ने प्रश्ट भएको छैन । अन्नपूर्ण पोष्टमा समाचार छ ।