४ श्रावण २०८३, सोमबार

६ करोड भन्दा बढीको क्रिप्टो कारोबार गर्ने २२ वर्षीय युवक पक्राउ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । ६ करोड भन्दा बढी रकम बराबरको क्रिप्टो करेन्सी कारोबार गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रौतहट गरूडा घर भई काठमाडौं-१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरेको हो ।

उनले ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको अनुसन्धानमा देखिएको छ ।