काठमाडौं, १० मंसिर । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने बताएका छन् ।
आज नख्खु कारागारमा पुगेर लामिछानेसँग भेटेपछि शर्मा लामिछानेलाई निकाल्नुपर्ने र आफू जिम्मा लिन तयार रहेको बताएका हुन् ।
उनले भने, ‘सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूलाई भन्न चाहन्छु, तपाईँहरूले मुद्दा फिर्ता लिँदा रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्। म दुई वटा ल्याप्चे लगाएर रविजीलाई निकाल्न म तयार छु।’
सहकारी पीडितहरूको पैसा फिर्ता हुने सुनिश्चिततासहित लामिछानेविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया