२९ आश्विन २०८३, बिहिबार

जनकपुर बोल्ट्सका खेलाडीले बिहीबार आमाको नामको जर्सी लगाएर खेल्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी दोस्रो संस्करणअन्तर्गत बिहीबार हुने आफ्नो खेलमा जनकपुर बोल्ट्सका खेलाडीले ’आमा स्पेसल जर्सी’ लगाउने भएका छन् ।

बिहीबारको खेलमा जनकपुरका खेलाडीले आमाहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा आमाको नाम भएको जर्सी लगाउने भएका हुन् ।

खेलपछि त्यो जर्सी अक्सन गरेर उठेको पैसा आमा समूहलाई सहयोग गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनकपुर बोल्ट्सले हरेक वर्ष यस प्रकारको काम गर्ने बताएको छ । जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबार लगाएर खेल्ने जर्सी सार्वजनिक गरेका छन् ।