२९ आश्विन २०८३, बिहिबार

साम्राज्ञीको श्रीमानकी पूर्वपत्नीको खुलाशा : साम्राज्ञीसँग बेड सेयर गरेको थाहा पाएपछि डिभोर्स गरेँ

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गरेको व्यक्ति विशाल खरेल पहिले नै विवाह विच्छेद गरिसकेका डिभोर्सी हो भन्ने पुष्टि भएको छ।

खरेल अमेरिकामा बस्छन् र एक सन्तानका बाबु हुन्। विशालकी पूर्वपत्नी सरिताले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफूहरूले अलग्गिनुको कारण साम्राज्ञीसँगको सम्बन्ध रहेको बताएकी छन्।

सरिताका अनुसार, “उनी (साम्राज्ञी) लाई हाम्रो विवाह र बच्चा भएको सबै थाहा थियो। सुटिङका बेला उनीहरूलाई चिट गरेको अवस्थामा देखेपछि मैले सोधेँ, उसले ‘हो, बेड सेयर भएको हो’ भनेर स्वीकारे। त्यसपछि म र एक्स छुट्टियौँ।”

डिभोर्सपछि दुई वर्षीय बच्चाको हेरचाह आफूले गरिरहेको भन्दै उनले अनावश्यक ट्रोल नगर्न अनुरोध गरेकी छिन्।

साम्राज्ञीले केही दिनअघि आफ्नो इन्गेजमेन्टको फोटो सार्वजनिक गरे पनि दुलाहाको पहिचान गोप्य राखेकी थिइन्।