३० आश्विन २०८३, शुक्रबार

नेपाललाई ठूलो झट्का, पारस खड्का क्रिजमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra_Mallaकाठमाडौं, १३ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगर्तको पहिलो खेलमा व्याटिङ गरिरहेको नेपाललाई ठूलो झट्का लागेको छ ।

स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐरमा जारी खेलमा नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । ज्ञानेन्द्रले २४ बलमा २ चौका हानेर १८ रन बनाए ।

ज्ञानेन्द्र १८ रनमै आउट भएपछि नेपाललाई ठूलो झट्का लागेको छ । ज्ञानेन्द्र अर्धशतक हान्ने खेलाडी हुन् । अहिले नयाँ व्याट्सम्यानका रुपमा नेपालका कप्तान पारस खड्का क्रिजमा आएका छन् । नेपालले १९ ओभरको खेलमा २ विकेट गुमाएर ८४ रन जोडेको छ । यसअघि नेपालले पहिलो विकेटका रुपमा महेश क्षेत्रीलाई २१ रनमा गुमाएको थियो ।