– धर्मराज तिमिल्सीना
सामाजिक सञ्जालले अभिव्यक्तिको स्वतन्त्रता सबैलाई दियो। तर स्वतन्त्रता जति व्यापक भयो, उत्तरदायित्व त्यति नै कमजोर हुँदै गयो। अझ अचम्म त के छ भने जहाँ विचारले शक्ति दिनुपर्ने थियो, त्यही प्लेटफर्ममा आज गालिगलौज, अश्लीलता, चरित्रहत्या र व्यवस्थित भ्रम निर्माणको हुलमुलले डिजिटल नागरिकतालाई नै संकटमा पारेको छ।
नेपालजस्तो संक्रमणशील समाजमा यो प्रवृत्ति झन् तीव्र देखिनुको कारण के? कस्तो घर–परिवारमा हुर्केका मानिस यस्ता व्यवहारतर्फ बढी झुक्छन् ? किन विदेश गएका नेपालीहरू अकस्मात् “आक्रोश–प्रधान राष्ट्रवादी” वा “सर्वज्ञाता विश्लेषक” भएर उदाउँछन्? र Fake News, भ्रामक वीडियो, लाइक–कमेण्ट–भ्युज र ‘डलर इकोनमी’को आकर्षणले किन सामाजिक असभ्यतालाई बजारमा रूपान्तरण गरिदिएको छ ? यो सोचनिय छ ।
असभ्यताको जरो: घरपरिवार, संस्कार र अभाव
असभ्य डिजिटल व्यवहार (Digital Misconduct) आकस्मिक हुँदैन। यो घर–परिवारको सञ्चार संस्कृति बाटै शुरू हुन्छ। दण्डात्मक पारिवारिक संरचना, जति परिवारमा बच्चालाई बोल्न नदिने, आलोचना सुन्न नसक्ने, समस्या छलफल गर्नुको सट्टा दण्ड धम्की दिने, गालीलाई सामान्य भाषिक अभ्यास बनाइने त्यस्तो वातावरणमा हुर्केको मनोविज्ञानले असहमतिलाई पनि गालीको भाषामै अनुवाद गर्छ।
असभ्य डिजिटल व्यवहार (Digital Misconduct) आकस्मिक हुँदैन।यो घर–परिवारको सञ्चार संस्कृति बाटै शुरू हुन्छ। दण्डात्मक पारिवारिक संरचना, जति परिवारमा बच्चालाई बोल्न नदिने, आलोचना सुन्न नसक्ने, समस्या छलफल गर्नुको सट्टा दण्ड धम्की दिने, गालीलाई सामान्य भाषिक अभ्यास बनाइने त्यस्तो वातावरणमा हुर्केको मनोविज्ञानले असहमतिलाई पनि गालीको भाषामै अनुवाद गर्छ। यस्ता परिवारमा बच्चा भावनात्मक बुद्धिमत्ता (Emotional Literacy) सिक्दैन। उनको भावसंयम क्षमता कमजोर छ। र वयस्क भएपछि असहमति नै गाली बन्न पुग्छ। अर्को नशा, असुरक्षा र “हामी–ऊनी” मानसिकता‘नसा सेवन’ सामाजिक सञ्जालको व्यवहारसँग गहिरो सम्बन्ध राख्छ।नशाले Brain’s Inhibitory Control System कमजोर बनाउँछ।यसपछि मानिस तुरुन्तै आक्रोशित हुन्छ, विवेक नचलाइ बोल्छ, अरूलाई तुच्छ देखेर मात्र श्रेष्ठ महसुस गर्छ यसैले “नशामा होस गुमाई, गालिगलौज गर्ने” घटना सामान्य बनिरहेका छन्। यसलाई मनोविज्ञानमा Disinhibition Effect भनिन्छ, जसले डिजिटल प्लेटफर्ममा “बिना डर, बिना फिल्टर” बोली निस्कने अवस्था बनाइदिन्छ।
विदेश गएका नेपालीहरू किन डिजिटल आक्रोशी बन्छन्?
विदेश पुगेपछि धेरैको मनोविज्ञानमा तीन बुँदाले निर्णायक भूमिका खेल्छन्सामाजिक नियन्त्रणको क्षय:- विदेशमा परिवार टाढा, समाजको प्रत्यक्ष नियमन छैन, मानिसलाई “कोही के भन्ला ?” भन्ने डर हुँदैन यसले उनीहरूलाई आफ्नो वास्तविक मनोवृत्ति खुलेर सार्वजनिक गर्ने स्वतन्त्रता दिन्छ। कसैलाई सदाचार देखिन्छ, कसैलाई असभ्यता।आर्थिक–भावनात्मक तनाव र डिजिटल निकास, विदेशमा नेपालीको वास्तविकता १४–१६ घण्टा कडा श्रम, भिसा अवधि चिन्ता, भविष्य अनिश्चितता, परिवारको अपेक्षा, सामाजिक दबाब यी सबैले मानसिक तनाव बढाउँछ। तनावले ‘निकास’ खोज्छ। आक्रोशका लागि सबैभन्दा सजिलो स्थान सामाजिक सञ्जाल नै हो। त्यसैले राष्ट्रप्रेमले प्रारम्भिक ऊर्जा दिन्छ तर त्यसकै साथ घृणात्मक आलोचना पनि टाँसिन्छ।”ज्ञानको भ्रम” थोरै सूचना, धेरै आत्मविश्वास, इंटरनेटमा सूचना प्रचुर छ। तर सूचना पाउनु, ज्ञान प्राप्त हुनु होइन। थोरै सुनेपछि आफूलाई “अभिज्ञ” ठान्ने प्रवृत्तिलाई मनोविज्ञानमा Dunning-Kruger Effect भनिन्छ। विदेश पुगेकै केही महिनामा सबै राजनीतिक नेता नालायक देखिन थाल्छन्, आफूलाई राष्ट्र तराजुमा राखेर ‘कसरी देश चलाउने’ थाहा छ जस्तो लाग्छ, केही युट्युबरले बनाएको भ्रमलाई सिद्धान्त ठानिन्छ यसरी अकस्मात् धेरैजना“सर्वज्ञाता विश्लेषक” बनी सोशल मिडियामा वर्चस्व जमाउन खोज्छन्।
थोरै सुनेपछि आफूलाई “अभिज्ञ” ठान्ने प्रवृत्तिलाई मनोविज्ञानमा Dunning-Kruger Effect भनिन्छ । विदेश पुगेकै केही महिनामा सबै राजनीतिक नेता नालायक देखिन थाल्छन्, आफूलाई राष्ट्र तराजुमा राखेर ‘कसरी देश चलाउने’ थाहा छ जस्तो लाग्छ, केही युट्युबरले बनाएको भ्रमलाई सिद्धान्त ठानिन्छ यसरी अकस्मात् धेरैजना“सर्वज्ञाता विश्लेषक” बनी सोशल मिडियामा वर्चस्व जमाउन खोज्छन्।
Fake News, भ्युज, अर्थतन्त्र र डिजिटल अराजकता
नेपालको डिजिटल बजारमा अहिले सबैभन्दा ठूलो रोग छ भ्रमलाई व्यवसाय बनाउने प्रवृत्ति। अन्तर्राष्ट्रिय अनुसन्धानहरू भन्छन् आक्रोश, डर, गाली, विवाद यस्ता सामग्री शान्त, तथ्यपरकभन्दा धेरै छिटो फैलिन्छन्। किनकि एल्गोरिद्मले Reaction-Based Economy चलाउँछ। जसले धेरै प्रतिक्रिया ल्याउँछ, उसले पैसा कमाउँछ। त्यसैले अहिले गाली गर्दा भ्युज बढ्छ, झूट बोल्दा ट्रेन्डमा परिन्छ, अर्काको चरित्रहत्या गर्दा लोकप्रियता हासिल गरिन्छ, भ्रम छर्दा राजनीतिक प्रभाव बढ्छ भन्ने नकारात्मक मानसिकता बढिरहेकोछ। पहिले कमाइका स्रोत सीमित थिए।आज फेसबुक मोनेटाइज, टिकटक बोनस, युट्युब रिभेन्यू, स्पोन्सर विज्ञापन, राजनीतिक प्रेरित सामग्रीयी सबैले “गाली बेच्ने उद्योग” चलाएका छन् । असत्य फैलाउने, राष्ट्रविरोधी घृणा वा अन्धराष्ट्रवाद बेच्ने, चरित्रहत्या गरेर चर्चिन खोज्ने यी सबै डिजिटल बजारका उत्पाद बनिसकेका छन्। जसलाई पत्रकारिताको नैतिकता विरुद्धको नयाँ ‘डिजिटल व्यवसाय’ भनेर लिन सकिन्छ।
जसले धेरै प्रतिक्रिया ल्याउँछ, उसले पैसा कमाउँछ। त्यसैले अहिले गाली गर्दा भ्युज बढ्छ, झूट बोल्दा ट्रेन्डमा परिन्छ, अर्काको चरित्रहत्या गर्दा लोकप्रियता हासिल गरिन्छ, भ्रम छर्दा राजनीतिक प्रभाव बढ्छ भन्ने नकारात्मक मानसिकता बढिरहेकोछ।
राजनीतिक मनोविज्ञानको प्रभाव
नेपालमा राजनीतिक चेतना बढेको छ।तर राजनीतिक परिपक्वता त्यति बढेको छैन। भावनात्मक राजनीति यहाँ हाम्रा धेरै नागरिक राजनीतिक विषयलाई “टीम–स्पोर्ट्स” जस्तै हेर्छन् हाम्रो नेता देवता, अर्को नेता शत्रु त्यसैले आलोचना भएमा व्यक्तिगत अपमान ठानिन्छ र, गाली प्रतिस्थानमा उत्रिन्छ। सत्तापक्ष र विपक्षको डिजिटल युद्धले सामाजिक सञ्जाल तरङ्गिन पुगेको छ । आज नेता, दल, कार्यकर्ताहरूको सामाजिक सञ्जाल ब्यवहार स्वयं उदाहरणीय छैन। राजनीतिक शक्ति प्रदर्शन डिजिटल माध्यममै हुने भएपछि ‘डिजिटल कार्यकर्ता’, फेक अकाउन्ट, संगठित हुल मार्फत विरोधीको चरित्रहत्या गर्ने गतिविधि संस्थागत जस्तै बनेको छ। रुटिन अफ नेपाल बन्द बालेन रवी र रास्वपाको यो गलत संस्कारले नागरिक मनोविज्ञानलाई झन् प्रदूषित बनाएको छ। यो केवल डिजिटल समस्या होइन, दीर्घकालीन राष्ट्रिय क्षति हो। समाजको भाषा संस्कृति बिग्रिन्छ, युवा पुस्तामा असभ्यता सामान्यिकरण हुन्छ, ‘छोटो बाटो’ (Shortcut fame) रोज्ने प्रवृत्ति बढ्छ, राजनीतिक ध्रुवीकरण तीव्र बन्छ, तथ्य खोज्ने चेतना हराउँछ, नेतृत्वप्रतिको विश्वास कमजोर हुन्छ, सामाजिक एकता क्षय हुँदै जान्छसबैभन्दा ठूलो क्षति सुरक्षित डिजिटल सार्वजनिक क्षेत्र (Digital Public Sphere) भत्किन्छ।
कसरी सुधारिने?
- स्कूलदेखि विश्वविद्यालयसम्म‘क्रोध व्यवस्थापन, संवाद कला, असहमति संस्कार’ जस्ता विषय समावेश गर्दै भावनात्मक शिक्षा (Emotional Literacy) पाठ्यक्रम मै समावेश गर्न आवश्यक छ।
- डिजिटल नागरिकतालाई कानुनी ढाँचामा ल्याइनुपर्छ । चरित्रहत्या, झूट प्रचार, साइबर आक्रमण, बदनियतपूर्ण भ्रम यी सबैलाई कडाइका साथ दण्डनीय विषय बनाउनुपर्छ।
- राजनीतिक दलले डिजिटल संस्कारको उदाहरण राख्नुपर्छ। जब राजनीतिक नेतृत्व नै आक्रोश, कटाक्ष, झूट, गाली प्रयोग गर्छ समाज पनि त्यही बाटो लाग्छ । राजनीति सभ्य भएपछि डिजिटल संस्कृति पनि सभ्य बन्छ।
- डिजिटल प्लेटफर्ममा ‘सत्यको इन्फ्रास्ट्रक्चर’ निर्माण गर्नुपर्छ । Fact-check unit, Community moderation, Verified analytical content, Responsible influencer model यी सबै नहुँदा सामाजिक सञ्जाल गलत सूचनाको जंगल बनेको छ।
निष्कर्ष
यो केवल व्यवहारको समस्या होइन,समाजको दर्पण हो । नेपाल अहिले आर्थिक, सामाजिक, राजनीतिक र डिजिटल संक्रमणको बीचमा छ।संक्रमणको प्रत्येक असन्तुलन मानिसको भाषामा झल्किन्छ।गाली, घृणा, भ्रम, चरित्रहत्या यिनलाई केवल इन्डिभिजुअल फेलियर मान्नु भ्रम हो। यी त हम्रो समाज, संस्कार, राजनीतिक संस्कृति र डिजिटल अर्थतन्त्रको सामूहिक प्रतिबिम्ब हुन्। सभ्य डिजिटल युग चाहिएको हो भने समाधान केवल एकै स्थानमा भेटिन्छ “ज्ञान, संयम र उत्तरदायित्वमा आधारित नागरिक संस्कृति” र त्यो संस्कृति सरकारले मात्रै होइन, हामी सबैले मिलेर सामाजिक चेतना मार्फत निर्माण गर्नुपर्छ।













प्रतिक्रिया