काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले अराजकतालाई प्रर्वद्वन गरिरहेको पुष्टि भएको बताएको छ ।
आज विराटनगरमा एमाले नेताद्वय भानुभक्त ढकाल र महेश बस्नेतमाथि दुर्व्यवहार भएको घटनामा आपत्ति जनाउँदै अनेरास्ववियुले सरकारले अराजकतालाई प्रर्वद्वन गरिरहेको यस प्रकारका हर्कतहरू बारम्बार भइरहनुले पुष्टि गरेको बताएको हो ।
घटनाको घोर भत्र्सना गर्दै अनेरास्ववियुले प्रतिवादमा उत्रिने चेतावनी समेत दिएको छ ।
















प्रतिक्रिया