३० आश्विन २०८३, शुक्रबार

नेपाललाई अहिलेसम्मकै ठूलो सफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-team-1काठमाडौं, १३ साउन ।आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपाल स्कटल्यान्डविरुद्ध बलिङमा छ ।

२०औं ओभरको समाप्तीमा नेपालले स्कटल्याण्डका पाँच विकेट झारेको छ । नेपालका बसन्त रेग्मीले स्कटल्याण्डका महत्वपूर्ण विकेट लिएका छन् । स्कटल्याण्डका केजे कोटजरलाई बसन्तले ४१ रनमा आउट पार्न सफल भएका हुन् ।

आजको खेलमा उनले सबैभन्दा बढी ५ चौका हानेर ४१ रन बनाए । बसन्तले उनलाई बोल्ड आउट गरेका हुन् । यसअघि नेपालका कप्तान पारस खड्का, अनिल मण्डल र करण केसीले समान एक-एक विकेट लिएका थिए । भने, बसन्त रेग्मीले पहिल्यै एक विकेट लिएका थिए ।

२२औं ओभरको समाप्तीमा स्कटल्याण्डले ५ विकेट गुमाएर ११४ रन जोडेको छ । यो सफलतासँगै नेपालले जित्ने सम्भावना बोलियो भएको छ ।