काठमाडौं, १३ साउन । आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपाल स्कटल्यान्डविरुद्ध बलिङमा छ ।
१५औं ओभरको समाप्तीमा नेपालले स्कटल्याण्डका तीन विकेट झारेको छ । नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र करण केसीले समान एक÷एक विकेट लिएका हुन् ।
नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । दोस्रो पारस र तेस्रो सफलता बसन्तले दिलाए ।
१७औं ओभरको समाप्तीमा स्कटल्याण्डले ३ विकेट गुमाएर ९२ रन जोडेको छ । अहिले बलिङमा कप्तान पारस खड्का र बसन्त रेग्मी रहेका छन् ।















प्रतिक्रिया