२ श्रावण २०८३, शनिबार

एनपीएल : काठमाडौं गोर्खाजद्वारा विराटनगरलाई १३५ रनको लक्ष्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)अन्तगर्त आज भएको दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।

शनिबार भएको दोस्रो खेलमा काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको हो ।

विराटनगरले टस जितेर पहिले बलिङ रोजेपछि काठमाडौंले ब्याटिङको निम्तो पाएको हो ।

काठमाडौंका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए ।

त्यस्तै, बेन चाल्र्सवर्थले ३२ रनको पारी खेले । सन्तोष यादवले २६ रनको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लायक रहेन् ।

विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए । शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

विराटनगरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।