२० असार २०८३, शनिबार

सरकारलाई प्रहरी पनि एमाले, अदालत पनि एमाले जस्तो लाग्न थालेको छ : अध्यक्ष ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतान्त्रिक प्रणाली अस्विकार गरेको बताएका छन् ।

एमाले बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशीला कार्की सरकार कृतिम ढंगले गठन भएको बताए । ‘यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो । यसले लोकतान्त्रिक चरित्र देखाउन सक्दैन’ अध्यक्ष ओलीले भने, ‘यो सरकारको संवैधानिक परीक्षण हुनै पर्दछ । संविधानले यसलाई कुनै हालतले उचित ठहर्याउन सक्दैन ।’

मानिसको पुस्तासँग जोडेर जेनजी भनिएकोमा यो शब्दावलीलाई अध्यक्ष ओलीले कृतिमको संज्ञा दिए । ‘जेनजीका नाममा युवाहरुलाई दिग्भ्रमित पार्ने र युवालाई दुरुपयोग गर्ने काम भएको छ’ अध्यक्ष ओलीले भने, ‘हामी सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा लडिरहेका थियौँ । यस्तो बेला युवाहरुलाई भड्काएर हामी विरुद्ध प्रयोग गरियो । देश जलाएर खरानी पारियो ।’

अध्यक्ष ओलीले आफूहरु सत्तामा हुँदा होस वा नहुँदा सधैं वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गरे । अध्यक्ष ओलीले कुनै नाटक गरेर देश नचल्ने चेतावनी दिए । उनले फागुन २१ मा निर्वाचन गराउने कुरा यो सरकारले नसोचेको दाबी गरे । नहुने निर्वाचनको भ्रममा नपर्न उनले सबैलाई आग्रह गरे ।

‘नेतालाई बाहिर जाने आदेश छैन । जेनजीका नामले एयरर्पोट बन्द गरेको छ । प्रहरीमाथि आक्रमण गरेको छ । प्रहरीलाई प्रतिवाद गर्ने आदेश छैन’ अध्यक्ष ओलीले भने, ‘सरकारलाई प्रहरी पनि एमाले, सशस्त्र पनि एमाले, अदालत पनि एमाले, सेना पनि एमाले जस्तो लाग्न थालेको छ, कर्मचारी पनि एमाले लाग्न थालेको । रेबिज लागेको एउटा जनावरले जता पनि पानी देख्छ ।’