२९ आश्विन २०८३, बिहिबार

मंसिर २७ गते इतिहासमा नै सबैभन्दा बढी जनताको जमघट गराउँछौँ : पोखरेल

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरूले यही मंसिर २७ गते इतिहासकै सबैभन्दा बढी जमघट हुने सभा गर्न चाहेको बताएका छन् । आज काठमाडौंको भृकुटीमण्डपमा वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभामा उनले पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोह त्यसरी गर्न चाहेको बताएका हुन् ।

“(मंसिर) २७ गते हामी यस्तो प्रदर्शन आयोजना गर्न चाहन्छौँ, नेपालको इतिहासमा नै सबैभन्दा बढी जनताको जमघट भएको समारोहका रूपमा उद्घाटन समारोह आयोजना गर्न चाहन्छौँ,” उनले भने ।

उनले उत्सव र सघंर्षको ‘क्लाइमेक्स’का रूपमा महाधिवेशन उद्घाटन समारोहका निम्ति आह्वान गरे । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा एमालेको ११औँ महाधिवेशन हुँदै छ ।

पोखरेलले वर्तमान अन्तरिम सरकार विध्वंसको जगमा बनेको टिप्पणी गरे । सरकारले प्रतिनिधिसभाको चुनाव नगराउने उनको भनाइ थियो ।