३० आश्विन २०८३, शुक्रबार

नेपाल र स्कटल्याण्डबीचको खेल सात बजे सुरु हुने, ३६ ओभरमा झारियो खेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricketकाठमाडौं, १३ साउन । मैदान तयार नहुँदा निर्धारित समयमा सुरु हुन नसकेको विश्वक्रिकेट लिग अन्तर्गतको नेपाल र स्कटल्याण्ड बीचको खेल बेलुका सात बजे सुरु हुने भएको छ ।

नेपाली समय अनुसार पौने सात बजे सुरु हुने खेल स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐरमा हुनेछ । समयअभावका कारण खेललाई छोट्याएर ३६ ओभरमा झारिएको आइसीसीले जनाएको छ ।

यसअघि साढे तीन बजे हुने भनिएको खेल बिहान भएको बर्षाले मैदान गिलो पारेपछि सुरु हुन सकेको थिएन् । आज नेपालको ओपनिङमा महेश क्षेत्री र अनिल मण्डल छन् ।

आजको खेलमा नेपाली टोलीबाट कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री (विकेटकिपर), अनिल मण्डल, शरद भेषवाकर, पृथु बाँस्कोटा÷राजेश पुलामी मगर, सिद्धान्त लोहनी÷प्रदीप ऐरी, सोमपाल कामी, अभिनाश कर्ण रहेका छन् ।