३० आश्विन २०८३, शुक्रबार

कतिबेला सुरु हुन्छ नेपाल र स्कटल्याण्डबीचको खेल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket
मैदानमा पीचको अवस्थाबारे बुझ्दै नेपाली कप्तान पारस खड्का र स्कटल्याण्डका कप्तान प्रिस्टन मोम्सन।

काठमाडौं, १३ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको पहिलो खेल अहिलेसम्म सुरु हुन सकेको छैन् ।

स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐरमा नेपाली समयानुसार अपराह्न साढे तीन बजेदेखि खेल सुरु हुने भनिएपनि वर्षाले मैदानको कालापत्रे गिलो हुँदा अहिलेसम्म सुरु हुन नसकेको आइसीसीले जनाएको छ ।

आज बिहान भएको बर्षाले पीच भिजेर गिलो भएपछि खेल समयमा सुरु नभएको हो । आइसीसीका अनुसार खेल्नका लागि मैदान तयार भएमा अबको १ घण्टाभित्र खेल सुरु हुनेछ । अर्थात नेपाली समयअनुसार साढे पाँच बजेसम्ममा खेल सुरु हुने छ ।

मैदानका कारण खेल केही समय प्रभावित भएपछि ५० ओभरको खेललाई छोट्याएर खेलाउने आइसीसीले संकेत गरेका छ । आजको खेलमा नेपालका तर्फबाट कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, पृथु बाँस्कोटा, महेश क्षेत्री, सोमपाल कामी, अविनाश कर्ण, करण केसी, सिद्धान्त लोहनी, राजेश पुलामी मगर, अनिल कुमार मण्डल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकरले खेल्दैछन् ।