
काठमाडौं, ४ मंसिर । लगभग १ लाख ५० हजार जनसंख्या भएको देश कुराकाओले अर्को वर्ष हुने फुटबल विश्वकपमा स्थान बनाएर नयाँ इतिहास रचेको छ ।
जमैकासँग गोलरहित बराबरी खेलेपछि कुराकाओ पहिलोपटक विश्वकपमा छनोट भएको हो । योसँगै कुराकाओ फुटबल विश्वकपमा छनोट हुने कम जनसंख्या भएको देश बनेको छ ।
कुराकाओको केन्द्रीय तथ्याङ्क ब्यूरोका अनुसार, गत जनवरीसम्म देशको जनसंख्या १ लाख ५६ हजार ११५ रहेको छ । यसअघि, विश्वकपमा छनोट हुने सबैभन्दा कम जनसंख्या भएको देश आइसल्याण्ड थियो, यसको जनसंख्या सन् २०१८ मा रूसमा भएको विश्वकपमा छनोट हुँदा लगभग ३ लाख ५० हजार थियो ।















प्रतिक्रिया