३० आश्विन २०८३, शुक्रबार

नेपाल र स्कटल्याण्डबीचको खेल सर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-groundकाठमाडौं, १३ साउन । विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल केही समयका लागि सरेको छ । अब खेल केही ढिला सुरु हुनेछ ।

आज बिहान भएको बर्षाका कारण क्रिकेट मैदानको कालेपत्रे गिलो भएकाले मैदान तयार पार्न खेल निर्धारित समयमा सुरु नभएको हो । आइसीसीका अनुसार स्कटल्याण्डको आयरमा साढे तीन बजे सुरु हुने भनिएको खेल अब ३ बजेर ४५ मिनेटसम्ममा सुचारु हुनेछ । अहिले त्यहाँको मौसम अनुकुल छ ।