६ श्रावण २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । समकालीन समयको चुनौती र सार्वजनिक सुरक्षामा देखिएको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

एक कार्यक्रम बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले प्रहरी वृत महराजगञ्जका कार्यालय प्रमुख निरंजन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् । यो सहयोगले नेपाल प्रहरीमार्फत समाजमा शान्ती सुरक्षाको प्रत्याभुति दिलाउन, संवेदनशील स्थानहरुको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा सुशासन कायम राख्ने कार्यमा विशेष योगदान पुर्‍याउने अपेक्षा बैंकले लिएको छ ।

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने नेपाल प्रहरीलाई गरेको सहयोगबाट कार्यसम्पादनलाई सहज बनाउने बैंकको विश्वास छ ।