२८ आश्विन २०८३, बुधबार

लक्ष्मी सनराइज बैंकद्वारा १० प्रतिशत बोनस प्रस्ताव

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षका लागि आकर्षक लाभांश प्रस्ताव गर्दै आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

हाल बैंकको चुक्ता पूँजी २३ अर्ब ३४ करोड रहेको छ। बोनस शेयर वितरणपछि पूँजी २५ अर्ब ६७ करोडमा पुग्ने बैंकको भनाइ छ। यस वर्ष बोनस र नगद मिलाएर कुल २ अर्ब ५६ करोड रुपैयाँ शेयरधनीहरूका लागि विनियोजन हुनेछ।

कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव स्वीकृत गरेको हो। अब नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूले लाभांश प्राप्त गर्ने छन्।

बोनसपछि बढ्ने पूँजीले बैंक थप सुदृढ हुने र शेयरधनीको मूल्य पनि बढ्ने बैंकले विश्वास व्यक्त गरेको छ।