२९ आश्विन २०८३, बिहिबार

कर्णाली यशविस लगातार दोस्रो पटक च्याम्पियन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । कर्णाली यशविस लगातार दोस्रो पटक एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) च्याम्पियन बन्न सफल भएको छ।‌

प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई ३–२ ले हराउँदै कर्णाली उपाधि रक्षा गर्न सफल भएको हो। ललितपुर भने लगातार दोस्रो पटक फाइनलमा पराजित हुन पुग्यो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा पहिलो सेट निकै रोमाञ्चक बन्यो । सुरुवात कर्णालीले राम्रो गर्यो । पहिलो अंक ललितपुरले आफ्नो पक्षमा पार्यो। यसपछि नेबिका चौधरीको सर्भिसमा कर्णालीले लगातार सात अंक जोड्यो। कर्णालीले ७–१ को अग्रता बनायो । तर यसपछि ललितपुरले खेललाई १३–१३ को बराबरीमा मात्र ल्याएन्। ललितपुरले २२–१८ को अग्रतामा पहिलो सेटको नजिक पुग्यो । तर ललितपुर फिनिसिङमा‌ नराम्रोसँग चुक्यो। २६–२४ ले सानदार शैलीमा पहिलो सेट जित्यो ।

दोस्रो सेटमा ललितपुरलाई निरिह बनाउँदै कर्णालीले एकपक्षीय दबाब बनायो। जोशना महतोको सर्भिसमा कर्णालीले लगातार पहिलो ५ अंक जोड्यप। ललितपुरले ६–६ को बराबरी सम्म पुर्यायो । तर यसपछि ललितपुरले निराशाजनक प्रदर्शन गर्यो । सहजै २५–१७ ले दोस्रो सेट जितेर खेलमा २–० को स्पष्ट अग्रता बनायो ।

दुई शुन्यले पछि परेको ललितपुरलाई उपाधि जित्ने संभावनालाई कायमै राख्न तेस्रो सेट जित्नुको विकल्प थिएन् । जहाँ ललितपुरले यो सेटमा भने लय समात्यो । १८–१३ को अग्रता बनाएपछि लगातार ७ अंक जोड्दै यो सेट २५–१३ ले सहजै आफ्नो पक्षमा पार्न सफल रहयो । खेललाई २–१ मा पुर्याउँदै ललितपुरले खेलमा फर्कने संकेत देखायो ।

यसपछि चौथो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ ललितपुरले १२–७ को अग्रता बनाइसकेको थियो । तर कर्णाली खेलमा फर्कने प्रयासमा थियो। ५ अंकको अग्रता गुमाउँदा ललितपुर १७–१५ को स्थितिमा पुग्दा खरल रोमाञ्चक बनेको थियो । यसपछि भने कर्णालीलाई १७ अंकमा रोक्न ललितपुर सफल रहयो । २५–१७ ले चौथो सेट जित्दै खेललाई २–२ को रोमाञ्चक मोडमा पुर्याउन सफल रहयो ।

पाँचौ तथा निर्णायक सेटमा ललितपुरले पहिलो अंक जोड्यो । यसपछि नेभिकाको सर्भिसमा कर्णालीले लगातार ८ अंक जोड्यो । कर्णाली उपाधितर्फ अगाडि बढ्यो । पहिलो दुई सेट गुमाएर खेलमा फर्केको ललितपुर निर्णायक सेटमा निरिह बन्यो । १५–८ ले पाँचौ सेट जित्दै कर्णाली च्याम्पियन बन्न सफल रहयो ।