३० आश्विन २०८३, शुक्रबार

सार्थकमा आयो ‘तिमीसँग नजिक भएर…’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kiran foto of sarthakकाठमाडौं । बिगत १५ बर्ष अगाडिदेखि साहित्यिक कर्ममा लागी पर्नु भएका लमजुङका सर्जक किरण बरालको पहिलो आधुनिक गीतहरुको संग्रह ‘सार्थक’ भित्र समेटिएको ‘तिमी संग नजिक भएर…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

स्वरुपराज आचार्यको स्वरमा समेटिएको उक्त गीतमा बिबि अनुरागीले संगीत भर्नु भएको छ, भने शब्द किरण बरालको रहेको छ । यस गीत कुनै प्रयोगबादी गीत नभएर नेपाली सुगम संगीतको मुलधारको नयाँ स्वाद मात्र भएता पनि भिडियो बन्नु अघि नै श्रोताबाट अत्यधिक रुचाइएका कारण आफूले यसको भिडियो निर्माण गरेको कुरा सर्जक वरालले जानकारी दिनुभयो ।

यस गीतको भिडियोमा अहिलेका चर्चित मोडल निराजन प्रधान र बेनिशा हमालले अभिनय गर्नु भएको छ । हरि हँुमागाईको छायाँकन र निसान घिमिरेको सम्पादन रहेको उक्त भिडियोमा गीतको भाव अनुसारको बिषयबस्तुलाई समेत निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको निर्देशक बिशाल भण्डारीले जानकारी दिनुभयो । यसअघिका अधिकांश म्युजिक भिडियोमा कथा बस्तुलाई भन्दा बिशुद्ध प्रस्तुतिलाई मात्र जोड दिने निर्देशक भण्डारीको यस भिडियो भने कथा बस्तुप्रदान भएपनि दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जानकारी भण्डारीले दिनुभएको छ ।

लामो समय देखी गीत अनि गजल सिर्जनाका अलवा नाटक लेखन निर्देसन, रेडियो कार्यक्रम संचालन, स्तम्भ लेखन, प्राध्यापन र बैंकिङ् पेसामा समेत आबद्ध सर्जक वरालको यो गीतको म्युजिक भिडियोले छोटो समयमा नै यु ट्युवमा उल्लेख्य संख्यामा दर्शकहरुको माया कमाइरहेको छ । एसिएन म्युजिकले बजारमा ल्याउन लागेको उक्त एल्बम छिट्टै सार्वजनिक हुने सर्जक वरालले जानकारी दिनु भएको छ । उक्त एल्बममा स्वरुपराज आचार्य लगायत अहिलेका चर्चित सांगितिक हस्तीहरु शिशिर योगी, अन्जु पन्त, दिनेस गौतम, बिमल पराजुलीको सुमधुर स्वर समेटीएको छ भने संगीत बि.बि अनुरागी, दिपक सर्मा, शिशिर योगी, पुस्तक प्रसाद र बिमल पराजुलीको रहेको छ । एल्बम सार्थक भित्र समेटीएका सबै गीतमा सर्जक किरण वरालले शब्द रचना गर्नु भएको हो । प्रेम र बिछोडको बिषयमात्र नभएर यस एल्बममा कर्णालीका जनताहरुको दुख पिडालाई सरकारले सम्बोधन गर्न नसकेको कुरालाई समेत बजोड ढंगले प्रस्तुत गरिएको ‘डोल्पाले चामल पा छैन’ गीत पनि समेटिएको छ जसमा शिशिर योगीको सुमधर स्वर एबम संगीत रहेको छ । सर्जक किरण वरालकी ममतामयी आमा स्वर्गीय राधा वरालको स्मृतीमा बजारमा आउन लागेको यस एल्बमका सम्पुर्ण गीतहरुको रेकर्डिङ लगायतका प्राबिधिक कामहरु पुरा भइसकेको र छिट्टै नै एल्बम सार्वजनिक गरिने कुरा एल्बमकी कार्यकारी निर्माता रश्मी वराल (घिमिरे)ले बताउनुभयो ।