पृष्ठभुमी : नियतवस वा भुलवस मिसमास गरिनु मासु व्यवसायमा सामान्य मानिन्छ । यो उपभोक्ता ठग्ने सामान्य प्रचलन पनी । यो प्रथा आज भोली मात्र हैन जबदेखि मासु व्यापारिक प्रयोजनका लागि बेचविखन हुन थाल्यो त्यस वेला देखि नै को हो । भनिन्छ मासु दुई जनाले मात्र चिन्दछन । एक जस्ले बध गर्छ । दुई मासु निरीक्षक जस्ले वध गर्नुअघि पशुपंक्षी जाँच गरी अभिलेख राख्छ । अनि सोहि अनुसार बध भएको पशुपंक्षीको मासु निरीक्षण गरी प्रमाणित चिन्ह अंकित गर्छ । हाम्रो मासु उद्योग श्रृङखला शिशु अवस्थामा वामे सर्दैछ ।
मासुलाई परापूर्वकालदेखि कि हुने खाने वा पौरखीको भोजन मानिदै आइएको छ । आज सर्वसाधारणका लागि पनी देखा सिकी कै लागि अपरिहार्य भोजन श्रृङखलामा परेको छ । मासुको उपभोग बढनुको अर्को अर्थ समाजको सम्वृद्धिको परिसुचक पनि अनि सामाजिक परिवर्तनको सुचक पनि । त्यसैले सबैको पहुँच होस भन्ने सदासचता सदित शुद्ध, सफा, स्वच्छ, उच्च कोटीको भनिने मासुमा मिसावट गरी यस्को मूल्य सर्व सुलभ गर्ने प्रयास भएको पाइन्छ ।
बासी सामान्य खान नहुने मासु एक प्रजातीको मासु अर्को प्रजातीमा अनी रोगी, रोग लागी मरेको पशुपंक्षीको मासु स्वस्थ्य पशुमा मिसाउन यो कार्य अन्तर्गत पर्छ । यस्ता कार्यले जनस्वस्थ्यलाई चुनौती दिन्छ नै, मासु सम्बन्धि नियमन गर्न बनेका ऐन कानुन लागु गर्नपनि असजिलो पार्छ । हाम्रो आफ्नो परिवेशमा यस्को संभावना निकट भविष्यमा देखिँदैन किनभने, मासु व्यवसायीको सहकारी स्थानीय निकाय तथा नेपाल सरकारको सहभागितामा आर्थिक, प्राविधिक सहकार्यमा व्यवस्थित वधस्थल, वधशाला निर्माण कार्य असफल भएको स्थिती काठमाडौंमा नै छ, मोहफसलका कुरा के गर्ने ।
कुन पशुको मासु हेर्दा कस्तो हुन्छ :
गाई गोरुको मासु : गाढा रातो रंग, थौरै खैरौ, एकनासे रेशा, काटिएको भाग चम्कीलो, मासु बोसो सरबरी सेतो, पहेलो रँग, अनौठो गन्ध आउने, चरीचरनका भए पहेँलोपन गाढी, हाडको गुदी, गाढा सेतोदेखी रातो पहेलो खनी गाढा ।
खसी बोकाको मासु : गाढा रातो, कस्सीएको, घना रेशा युक्त मासुमा वोसो न्यून, छाला तथा मृगौलामा प्रशस्त वोसो भएको, वोसो निख्खर सेतो, कडा, एकनासे, छुदाँ टुक्रक पर्ने । नली हाडको गुदी एकनासे हल्का रातो ।
भेडाको मासु : भेडा भन्दा फोस्रो, वोसो र नली हाडको गुदी जस्तो भेडा हेर्दा त्यस्तै, छाला र मृगौलामा वोसो न्यून कि हुँदै नहुने ?
वंगुरको मासु : कैलो सेतो, तीलचाम्रेदेखि रातो, रेसा मिहिन, प्रशस्त वोसै वोसो भएको वोसो गाढा सेतो, मिहीन दानादार, अनी नरम । नलीहाडको गुदी गुलाबी रातो अनी नरम । मासु उमाल्दा फोस्रो सेतो, अनी हलुका हुने ।
घोडाको मासु : गाढा रातो, निलडाम परेको जस्तो रेसा मिहिन एकनासे, परतदार, वोसो सुन्य, वोसो हल्का सुनौलो, साना उमेरकामा, उमेर पुगेकाको भने सेतो, नली हाडको गुदी, मैन जस्तो, चिपचिपे अनी नरम ।
कुकुरको मासु : अली चनाखो हुनुपर्ला, मासु पसल वरीपरी यिनको वथान, तपाँईको भागमा पर्ला । पसले दाइलाई सोधेको यी किन यहाँ । जवाफ आपतकालीन आपुर्तिका लागी तैनाथ । यिनको मासु रातो, एक नासे रेसा, थोरै वोसो मासुमा गुहि गन्धे, सुंघि नसक्नु, वोसो सेतो÷ सेतो फुस्रो, तेलनै झर्ला जस्तो चिपचिपे ।
खरायोको मासु : फोस्रो रातो, खैरो रातो, मिहिन रेसा वोसो विहिन ।
कुखुराको मासु : मासु त फोस्रो त्यसैले भनेको ह्वाइट मिट, मासुका रेसा अली रातो मात्र वोसो रहित ।
मृग हरिणको मासु : यसै त दुर्लभ तै पनि भन्लान विचार गर्नुहोला । गाढा रातो वा खैरो रातोहेर्दा । मासुमा वोसो त के लागोस भाग्दै फुर्सद हुँदैन । कस्सीएको मासु एथेलीटीकसको जस्तो । मगमग वास्ना आउने, शुद्ध अर्गानिक मासु, प्रशस्त रेसादार सुकुटि त यिनको काइदाको ।
हाम्रा सामाजिक धार्मिक परम्परा तथा आर्थिक स्थिती अनुसार मासु उपयोग गर्न रुचाउछौ । त्यस उसले प्रत्येक प्रजातीको मासुको मूल्य फरक पर्न सक्छ । एक प्रजातीमा अर्को प्रजाती भनि मिसाउदा धार्मीक तथा सामाजीक अनि आर्थीक पक्ष पनि प्रभावित हुन सक्छ । यस वाहेक फरक/फरक किसिमको पशुपंक्षीको मासु मिसमास गर्दा जनस्वास्थ्यमा पनि प्रतिकुल असर पर्न सक्छ । यस वारे उपभोक्ता आफै सचेत हुनु पर्छ । शंकालागेमा विविध खाले प्रयोगशालामा परिक्षण गर्न सकिन्छ । तर सचेतता तपाँई आफैको ।














प्रतिक्रिया