– रेखा न्यौपाने
राजनीतिका गल्लीहरू साँघुरा छन् तर त्यही साँघुरो गल्लीहरु बिचमा कहिलेकाहीँ यस्तो व्यक्तित्व जन्मिन्छ जसले देशको सम्पूर्ण आकाश फराकिलो बनाइदिन्छ । केही यस्ता नाम हुन्छन्, जसले देशको अस्तित्वसँगै आफूलाई पनि स्थायी बनाएर राख्छन् ।
हिजोको आन्दोलनको धुलोबाट, आजको संघर्षको बीचबाट र भोलीको सपनाको मुटुबाट निस्किएको एउटा नाम हो केपी शर्मा ओली । उहाँ केवल एक नेता होइनन्, एक आत्मविश्वास हुनुहुन्छ, एउटा राष्ट्रको अडान हुनुहुन्छ, एउटा पुस्ताको आशा र अर्को पुस्ताको उत्तराधिकारी हुनुहुन्छ । नेपालले धेरै नेताहरू देखेको छ तर ओली जस्तो कमै । ओलीले जनताको मनमा रोपेको विश्वासको बीउ रोप्नुभएको छ, जुन अझै हरियो छ । निख्खर हरियो, उस्तै दृढ, उस्तै चम्किलो, उस्तै नेपालीपनले भरिएको ।
केपी ओलीलाई बुझ्न इतिहासका पाना पल्टाउनुपर्छ । बाल्यकालको सामान्य गाउँघरको गोरेटो देखी मुलुकको प्रधानमन्त्री कार्यालयसम्म पुग्ने त्यो यात्रा कुनै सहज पदयात्रा थिएन ।
केपी ओलीलाई बुझ्न इतिहासका पाना पल्टाउनुपर्छ । बाल्यकालको सामान्य गाउँघरको गोरेटो देखी मुलुकको प्रधानमन्त्री कार्यालयसम्म पुग्ने त्यो यात्रा कुनै सहज पदयात्रा थिएन । त्यहाँ थुप्रै अवरोध, थुप्रै रातहरू थिए जसमा स्वप्न पनि बन्दी बनाइन्थे । तर ओलीको आँखाहरु कहिल्यै झुकेनन्, उहाँका विचार कहिल्यै थाकेनन् । उहाँले थाहा पाउनुभएको थियो, देशले बलियो नेताको होइन दृढ मनको आवश्यकता छ र त्यहि दृढता उहाँले आफ्नै संघर्षको भट्टीमा पोल्दै, समयसँगको लडाइँमा घोट्दै निर्माण गर्नुभयो ।
उहाँको राजनीतिले हामीलाई सम्झाउँछ, ‘नेतृत्वू शब्दले सत्ता होइन, जिम्मेवारी जनाउँछ । उहाँले राजनीतिलाई सदैव लाभको श्रोत होइन, योगदानको कर्मभूमि मान्नुभयो । ओलीको शैली कडा छ तर त्यो कठोरता भित्र एक राष्ट्रप्रेमीको मृदुता लुकेको छ । जब उहाँ बोल्नुहुन्छ आवाजमा देशको आत्मसम्मान सुनिन्छ, जब उहाँ मौन बस्नुहुन्छ मौनतामा पनि राष्ट्रको चिन्ता गुन्जिन्छ ।
हिजो, जब मुलुकले आन्दोलन र अन्योलका छायाँ बेथित पार्दै थियो, ओली जेलका अँध्यारो भित्तामा देशको नक्सा कोर्दै हुनुहुन्थ्यो । अरूले सत्ताको सपना देख्दा उहाँले स्वतन्त्रताको नक्सा बनाइरहनुभएको थियो । देशले उहाँलाई काराबास दियो, तर उहाँले देशलाई दृष्टिकोण फर्काउनुभयो र यही दृष्टिकोणपछि उहाँ जनताको घर–घर पुग्ने नेता बन्नुभएको छ । उहाँका भाषणहरू केवल नारा होइन, एउटा युगको प्रतिध्वनि हुन् ।
आज, जब नेपाली राजनीति विभाजित भावनाको मैदान बनेको छ, ओलीको स्थिरता अद्वितीय देखिन्छ । उहाँले राजनीतिलाई केवल गठबन्धनको गणितमा सीमित राख्नुभएन, उहाँले त नेतृत्वलाई राष्ट्रिय एकताको प्रतीक बनाउनुभयो ।
आज, जब नेपाली राजनीति विभाजित भावनाको मैदान बनेको छ, ओलीको स्थिरता अद्वितीय देखिन्छ । उहाँले राजनीतिलाई केवल गठबन्धनको गणितमा सीमित राख्नुभएन, उहाँले त नेतृत्वलाई राष्ट्रिय एकताको प्रतीक बनाउनुभयो । उहाँको सोचमा विकास केवल पुल र सडकको कुरा होइन, विकास आत्मनिर्भरता हो, विश्वास हो, आत्मसम्मान हो । उहाँले देशलाई भनिदिनुभयो , ‘सपना देख्न डराउनु हुँदैन, सपनाको बाटोमा हिँड्न हिम्मत चाहिन्छ।’ यही हिम्मतले युवाको मुटुमा उहाँलाई स्थायी बनायो ।
युवाहरूले ओलीमा आफूलाई देख्छन् । एउटा पुस्ता जसले आफ्नो भाग्य आफ्नै हातले लेख्न चाहन्छ , ओलीमा त्यसैको प्रतिबिम्ब देख्छ । उहाँको हाँसो, उहाँका व्यङ्ग्य, उहाँका भाषण सबैमा एउटा सन्देश हुन्छ, देश सानो होला तर नेपाली आत्मा ठूलो छ । जब उहाँले अन्तर्राष्ट्रिय मञ्चमा दृढ स्वरमा नेपालको पक्ष बोल्नुयो युवाहरूले महसुस गरे , नेता भनेको यस्तै अडान हो ।
भारतको नाकाबन्दीको कालो दिनमा जब सहरहरू उज्यालो गुमाउँदै थिए तब ओलीले राष्ट्रिय स्वाभिमानको बत्ती बालिरहनुभएको थियो र त्यो केवल राजनीतिक निर्णय थिएन, त्यो आत्मनिर्भरताको उद्घोष थियो । उहाँले दृढ स्वरमा भन्नुभयो “हामी आफ्नो देश आफ्नै बलमा चलाउन सक्छौं।” त्यो वाक्यले युवाको रगत ततायो, बुढापाकाको गर्व जगायो र नेपालभित्रको राष्ट्रभाव पुनः जागृत गरायो ।
भारतको नाकाबन्दीको कालो दिनमा जब सहरहरू उज्यालो गुमाउँदै थिए तब ओलीले राष्ट्रिय स्वाभिमानको बत्ती बालिरहनुभएको थियो र त्यो केवल राजनीतिक निर्णय थिएन, त्यो आत्मनिर्भरताको उद्घोष थियो ।
उहाँको नेतृत्वको अर्को पक्ष हो, सपना देख्ने साहस । जब उहाँले रेल, पानीजहाज, मेगासिटी र औद्योगिक विकासका योजना सुनाउनुभयो । कतिपयले व्यङ्ग्य गरे तर ओलीले हाँस्दै र भन्नुभयो “देशले असम्भव कल्पनै गर्न छोड्यो भने सम्भव कसरी खोज्ने ?” यही उत्तरले युवाहरूको मुटु जित्यो । उहाँले सधैं चुनौती खोज्नुहुन्छ र असम्भव देखिएका पाइलामा पनि नयाँ बाटो खोज्ने हिम्मत गर्नुहुन्छ ।
ओलीको भाषा सामान्य राजनीतिज्ञको हुदैन । उहाँको भाषामा कविताको आत्मा, देशको सुगन्ध, जनताको पसिना र मातृभूमिको माटो मिसिएको हुन्छ । जब उहाँले राष्ट्रको बारेमा बोल्नुहुन्छ त्यो केवल भाषण हुँदैन, त्यो एउटा युगको भावनात्मक बयान हुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालको पहाड र तराई केवल भूगोल होइन, त्यो हाम्रो आत्मा हो।” यस्तो वाक्यले हामीलाई सम्झाउँछ , ओली केवल प्रधानमन्त्री होइन, उहाँ राष्ट्रभावको कथाकार हुनुहुन्छ ।
उहाँले नेतृत्वलाई शक्ति होइन, सृजनाको माध्यम बनाउनु भएको छ । उहाँले पार्टीभित्रका चुनौतीहरूलाई पनि सहने र रूपान्तरण गर्ने कला सिकाउनुभएको छ । आलोचना उहाँको लागि विष होइन, औषधि हो । उहाँले हाँसेर स्वीकार गर्नुहुन्छ र फेरि उठेर अझ स्पष्ट दृष्टि प्रस्तुत गर्नुहुन्छ । यही दृढताले उहाँलाई फरक बनाउँछ । नेपालको राजनीतिमा स्थायित्वका थोरै आधारहरू मध्ये एक उहाँको जस्तो दृढता हो ।
उहाँले आधुनिकताको सन्देश दिनुहुन्छ तर परम्पराको आत्मा नछोड्ने आग्रह पनि सङ्गै गरिरहनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राष्ट्रवाद भनेको अरूलाई नदबाउनु होइन, आफ्नो पहिचान नहराउनु हो।” यही र यस्तै कुराले युवाको मन छुन्छ ।
अहिलेको पुस्ता, जसले विश्वसँग प्रतिस्पर्धा गर्न चाहन्छ, जसले आफ्नो देशलाई आत्मनिर्भर देख्न खोज्छ, हो त्यही पुस्ता ओलीलाई आत्मविश्वासको प्रतीकको रूपमा लिन्छ । उहाँले आधुनिकताको सन्देश दिनुहुन्छ तर परम्पराको आत्मा नछोड्ने आग्रह पनि सङ्गै गरिरहनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राष्ट्रवाद भनेको अरूलाई नदबाउनु होइन, आफ्नो पहिचान नहराउनु हो।” यही र यस्तै कुराले युवाको मन छुन्छ ।
उहाँको नेतृत्वको मिठास यहीमा छ, उहाँले भाषणमा भावना मिसाउनुहुन्छ र भावना भित्र तर्क हुन्छ । उहाँले तर्कमा दृढता मिसाउनुहुन्छ र दृढताभित्र संवेदना हुन्छ । यही सन्तुलनले ओलीलाई जनताको हृदयसम्म पुर्याएको छ । उहाँ न त कट्टर हुनुहुन्छ, न लचकदार , उहाँ केवल यथार्थवादी हुनुहुन्छ ।
नेपालजस्तो देशमा जहाँ राजनीतिक वाक्यहरू प्राय खोक्रा नारा बन्न पुग्छन्, ओलीका वाक्यहरू जनताको अनुभव बनेर फैलिन्छन् । उहाँले “समृद्ध नेपाल, सुखी नेपाली” भन्नुभयो । त्यो केवल नारामात्र होइन, त्यो एउटा दर्शन हो । त्यो दर्शन भित्र आत्मनिर्भरता, इमानदारी, र सम्भावनाको गहिरो जरो छ । युवाले महसुस गर्छन्, यदि नेतृत्वमा दृष्टि छ भने, असम्भव पनि सम्भव बन्न सक्छ ।
हिजोका इतिहासले उहाँलाई बनायो, आजका चुनौतीले उहाँलाई परिष्कृत गर्यो र भोलीका सपनाहरुमा पनी उहाँले नै पूरा गर्ने विश्वास जगाएको छ । किनभने नेतृत्व केवल आजका निर्णयमा होइन, भोलीका सम्भावनामा पनि मापन हुन्छ । ओलीको दृष्टि त्यसै कारण दीर्घकालीन छ ।
ओलीको नेतृत्वलाई प्राय बलियो भनिन्छ । तर त्यो बल केवल कठोर निर्णयको होइन त्यो बल राष्ट्रप्रेमको हो । उहाँले जिल्यै आफूलाई भन्दा देशलाई ठुलो मान्नुभयो ।
उहाँको व्यक्तित्वले राजनीति मात्र होइन जीवनको दर्शन सिकाउँछ । उहाँले बारम्बार भनिरहनुभएको हुन्छ, “देश बनाउन त्याग चाहिन्छ, देश हाँक्न साहस चाहिन्छ।” त्यो वाक्य सुन्दा लाग्छ, उहाँ कुनै सामान्य नेता होइन, देशको आत्मासँग संवाद गर्ने व्यक्ति हुनुहुन्छ । जब उहाँले संसद् मञ्चमा ठट्यौली मिसाएर कठोर सत्य बोल्नुहुन्छ, त्यो हाँसोभित्र पनि एउटा गहिरो चिन्ता लुकेको हुन्छ त्यो हो राष्ट्रको चिन्ता ।
ओलीको नेतृत्वलाई प्राय बलियो भनिन्छ । तर त्यो बल केवल कठोर निर्णयको होइन त्यो बल राष्ट्रप्रेमको हो । उहाँले जिल्यै आफूलाई भन्दा देशलाई ठुलो मान्नुभयो । देशका माटोमा उभिएरै उहाँले अन्तर्राष्ट्रिय सम्मान जित्नुभयो । उहाँले “हामी साना हौं तर झुक्दैनौं” भन्ने नेपालको पहिचान पुनः स्थापित गर्नुभयो र यही कारण उहाँको नेतृत्वले युवाहरूलाई गर्व दिन्छ ।
आजको युवापुस्तामा जब निराशा फैलिन्छ, जब राजनीति केवल अवसरको खेलझैँ लाग्छ, ओलीको नामले त्यही निराशामा आशा फुकाउँछ । उहाँले स्मरण दिलाउनुहुन्छ, “देश बदल्न चाहन्छौ भने पहिले आफ्नै सोच बदल।” यो वाक्यले हजारौं युवाको हृदयमा जिम्मेवारीको चेत जगाएको छ ।
केपी ओली एक व्यक्ति मात्र होइन, एउटा विचार हुनुहुन्छ, स्वाभिमानमा विश्वास गर्ने, सधैं अघि बढ्ने र राष्ट्रलाई आत्मनिर्भर बनाउने विचार । उहाँ नेतृत्वको एउटा शैली होइन, नेतृत्वको एउटा दर्शन हो । उहाँले नेपाललाई विश्वको नक्सामा उभ्याउने सपना देख्नुभएको छ र त्यो सपना साकार पार्ने बल पनि उहाँ भित्रै देखिन्छ ।
हिजो उहाँले जेलमा पनि नेपालका सपनाको गीत गाइरहनु भएकोथियो, आज प्रधानमन्त्री बनेर पनि त्यसै सपनाको अगाडि झुक्नुभएको छैन र भोली पनि जब नयाँ पुस्ता उठ्नेछ, उनीहरूको प्रेरणाको पहिलो नाम फेरि ओली नै हुनेछ ।
राष्ट्रको इतिहासमा केही नामहरू यस्ता हुन्छन् जसले आफूभन्दा अगाडिको र पछाडिको समय जोडिदिन्छन् । केपी ओली त्यस्ता केहीमध्ये एक हुनुहुन्छ । उहाँ हिजोका संघर्षको सम्झना हो, आजका निर्णयको शक्ति हो र भोलीका सम्भावनाको प्रतीक पनी ।
त्यसैले, जब देशले प्रश्न गर्छ, को नेता हो जसले राष्ट्रलाई आत्मविश्वास, दिशा र गौरव दिन सक्छ ?
उत्तर सजिलो हुन्छ-
हिजो, आज र भोली – नेतृत्व मात्र केपी ओली ।












प्रतिक्रिया