१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीलाई शंकर पोखरेलको प्रश्न– कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ भन्दै प्रश्न गरेका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल’ पार्टी निर्माण गरेपछि सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’

पोखरेलले यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल नखाने टिप्पणी गरे ।

‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?!’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।