१ असार २०८३, सोमबार

कुलमान घिसिङको पार्टीमा रिमा विश्वकर्मा पनि, अटेनन् सुमना र सुदन

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । कुलमान घिसिङको पार्टी उज्यालो नेपाल पार्टीमा अभिनेत्री एवम् कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा पनि रहने भएकी छिन् ।

आज निर्वाचन आयोगमा बुझाइएको अध्यावधिक विवरणमा विश्वकर्मा पनि रहेकी हुन् । साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन गर्दै ५१ सदस्यीय विवरण बुझाइएको हो ।

डडेलधुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित सांसद डा. तारा जोशी, प्राध्यापक डाक्टर महेन्द्र लावती, चर्चित कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा, खड्गबहादुर बस्नेत, टासी ल्हाजोमलगायतको नाम आयोगमा अध्यावधिक गरिएको हो।

हालका लागि कुलमानकै विश्वासपात्र उपाध्यायको नेतृत्वमा दलको विवरण बुझाइएको हो । कुलमान भने तत्कालका लागि पछाडि बसेरै नेतृत्वलाई अगाडि बढाउने र चुनावताका मात्रै पार्टीमा सक्रिय हुने बताइएको छ ।

उनको पार्टीमा सुमना श्रेष्ठ, सुदन गुरूङ पनि रहने चर्चा भएकोमा उनीहरूको नाम भने छैन ।