१ कार्तिक २०८३, शनिबार

ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुख सिलवालमाथि भ्रष्टाचारको आरोप, तत्काल बर्खास्त गर्न माग

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । ‘जेनेजी मुभमेन्ट नेपाल’ले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालमाथि भारतको कम्पनी पीटीसी इन्डियासँग अवैध रूपमा विद्युत खरिद सम्झौता गरेको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेको छ ।

संगठनका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा ४३ करोड रुपैयाँ बराबरको सम्झौता विद्युत नियमन आयोगको स्वीकृति विना गरिएको र यसले राष्ट्रिय स्वाधीनता माथि प्रहार गरेको उल्लेख छ । वक्तव्यमा भनिएको छ, “यो कार्य प्रत्यक्ष रूपमा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो ।”

मुभमेन्टले सरकारसमक्ष चार बुँदे माग राखेको छ– ऊर्जामन्त्री लिम्बूलाई बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्ने, प्राधिकरण प्रमुख सिलवाललाई निलम्बन गरी सम्पत्ति छानबिन गर्ने, स्वतन्त्र समिति गठन गरी सम्झौता सार्वजनिक गर्ने र सम्पत्तिसँग सम्बन्धित सबै व्यक्तिमाथि कानुनी कारबाही सुरु गर्ने ।

वक्तव्यमा भनिएको छ, “देश लुट्नेहरूलाई संरक्षण गर्ने सरकारले जनताको विश्वास गुमाएको छ । मन्त्रीहरूलाई तत्काल बर्खास्त नगरे कठोर कदम चाल्न बाध्य हुनेछौँ ।