मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा ट्विटरमा आउने अश्लील कमेन्टबाट हैरान भएकी छिन् ।
उनले अश्लील भाषा प्रयोग गरिरहेका आफ्ना फलोवर्सलाई ब्लक गर्ने धम्की दिएकी छिन् । अनुष्काले धम्की दिएपछि बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले आफूलाई ब्लक नगर्न आग्रह गरेका छन् ।
अमिताभको यो कमेन्टपछि अनुष्काले पनि गतिलो जवाफ दिएकी छिन् । अनुष्काले ट्वीट गरिन्-‘म आफ्नो ट्विटरलाई बढी भन्दा बढी सकारात्मक कुराको माध्यम बनाउन चाहन्छु । त्यसकारण म ति व्यक्तिहरुलाई ब्लक गर्दैछु जो बकवास बोल्छन् ।’
अनुष्काको ट्वीटमा अमिताभ बच्चनले ट्वीट गरे-‘अनुष्का शर्मा मलाई ब्लक नर्गनु हैँ मलाई छाडिदेउ ।’ त्यसपछि अनुष्काले भनिन्–‘नाई सर कहिल्यै नाई सर ।’ उसो त अमिताभ आफै पनि अश्लील पोष्टबाट हैरान छन् ।
















प्रतिक्रिया