२८ आश्विन २०८३, बुधबार

एनआईसी एशिया बैंकका ग्राहकलाई ‘द क्लिफ नेपाल’ मा १० प्रतिशत छुट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कार्तिक । एनआईसी एशिया बैंकका ग्राहकले अब पर्वतको कुश्मामा रहेको ‘द क्लिफ नेपाल’ मा विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।

यसका लागि बैंक र द क्लिफ नेपालबीच विशेष सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार ग्राहकले आवास सेवा, मेगाट्रोल, स्काइसाइकल र स्काइक्याफे सेवामा छुट सुविधा लिन सक्नेछन्।

छुट सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।