२९ आश्विन २०८३, बिहिबार

शुद्ध चित्तले काम गरिरहेको छु : गृहमन्त्री अर्याल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । जेन–जीलगायतले राजीनामाका लागि दबाब दिन थालेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

गृहमन्त्री अर्यालले आज सामाजिक सञ्जालमार्फत शुद्ध चित्तले कर्म गर्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गरौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरु विकल्प हुँदैन ।’

उनले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्याउने सरकारको अभिभारालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्रीको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका विश्वासपात्र भिक्टोर पौडेलले पनि केही दिनअघि गृहमन्त्री अर्याललाई हटाउन सामाजिक सञ्जालमा ट्रेन चलाउनुपर्ने तर्क सार्वजनिक गरेका थिए ।

जेन–जी आन्दोलनमा राज्यको तर्फबाट दमन भएकोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखककलाई पक्राउ गर्नुपर्ने उनीहरूको अडान छ ।