६ श्रावण २०८३, बुधबार

गुठीचौर गाउँपालिकाद्वारा एक वर्षमा ३३ लाख राजस्व सङ्कलन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २२ कात्तिक । जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा वडा–१ बाट ८२ हजार रुपैयाँ, वडा – २ बाट एक लाख रुपैयाँ, वडा नं ३ बाट एक लाख ५३ हजार रुपैयाँ, वडा नं ४ बाट दुई लाख ६८ हजार रुपैयाँ र वडा नं ५ बाट दुई लाख ५८ हजार ५३१ रुपैयाँ राजस्व सङ्कलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले जानकारी दिइन् ।

त्यसैगरी, गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट तीन लाख १३ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ । गुठीचौर पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट आठ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसबाहेक, डोजर सञ्चालनबाट पाँच लाख ५९ हजार रुपैयाँ, एम्बुलेन्स सेवाबाट ८१ हजार रुपैयाँ र पशु शाखाबाट सात लाख ८४ हजार रुपैयाँ राजस्व उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै गाउँपालिकाले नौ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको गुठीचौर गाउँपालिकाले जनाएको छ ।