३० आश्विन २०८३, शुक्रबार

अन्ततः शाहरुखले युद्ध जिते, सलमान ‘ब्याक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shruka-salmanमुम्बई । बलिउडका बादशाह शाहरुख खानले फेरि एकपटक आफ्नो बादशाहलाई देखाईदिएका छन् ।

शाहरुख बलिउडका बादशाह नै हुन् भनेर अर्का अभिनेता सलमान खानले ‘ब्याक’ भएर प्रष्ट पारेका हुन् । सन् २०१६ को इदमा एकसाथ प्रदर्शन आउन लागेका शाहरुख र सलमानको फिल्मको भिडन्त टरेको छ । जहाँ सलमान ब्याक भएका हुन् ।

यसअघि साहरुख खानको फिल्म ‘रइस’ र सलमान खानको फिल्म ‘सुल्तान’ एकैसाथ प्रदर्शनमा आउने खबरले बलिउड बजारमा खुबै चर्चा भएको थियो । तर, त्यो चर्चा सलमान ब्याक भएसँगै सकिएको छ ।

अब शाहरुख खानको फिल्म ‘रइस’ ईदमा रिलिज हुनेछ भने सलमानको ‘सुल्तान’ दिपावलीमा रिलिज हुनेछ । यद्यपी शाहरुखको फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ भने सलमानको फिल्मको शुटिङ नै सुरु भएको छैन् । जसकारण पनि सलमानले शाहरुखका लागि ठाउँ छाडिदिएर ‘ब्याक’ भएका हुन् ।

टिजर सार्वजनिक भएसँगै शाहरुखको फिल्म निकै लोकप्रिय हुँदै गइरहेको छ । फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।