
काठमाडौं, १९ कात्तिक । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पूर्वअध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका जेनजी युवाहरूलाई अमेरिकाको सबैभन्दा ठूलो शहर न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीको विचार अध्ययन गर्न सुझाव दिएका छन् ।
फेसबुकमा लेख्दै भट्टराईले लोकतान्त्रिक समाजवादी विचार अंगिकार गरेका युवा ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक–राजनीतिक मुद्दाहरूलाई नेपालका जेनजी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ सामाग्रीको रूपमा लिन जरूरी रहेको बताएका हुन् ।
‘विचार र व्यक्ति दुवैको सम्मिश्रणले सही नेतृत्व जन्मन्छ । विचार विनाको व्यक्ति र व्यक्तित्व विनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन । विश्व इतिहासको अनुभवले यही भन्छ ।’ भट्टराईले लेखेका छन् ।













प्रतिक्रिया