
काठमाडौं, १८ कात्तिक । नेशनल लाइफ इन्स्योरेनस कम्पनीले सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देशभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम उपलब्ध गराएको हो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण लगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।








प्रतिक्रिया