१३ असार २०८३, शनिबार

एलुङ रि हिमालमा हिमपहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कार्तिक । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा अवस्थित एलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ ।

आज बिहान भएको पहिरोमा परेर पाँच विदेशी र दुई नेपाली गरी सातजनाको मृत्यु भएको हो । पाँचजना घाइते भएका छन् ।

नेपाली गाइडसहित १२ जनाको समूह यलुङ रि गो हिमाल आरोहणका लागि गएकोमा हिमपहिरोमा परेको हो ।