
काठमाडौं, १६ कात्तिक । लुम्बिनी लायन्सले एनपीएलको संघारमा आफ्नो अफिसियल एन्थम (गीत) ‘स्याबास !’ सार्वजनिक गरेको छ ।
बुद्ध दर्शन र खेललाई एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ । यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको सर्जक पराजुलीले बताए ।
मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदान बाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन् । ती दर्शकलाइ बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छ । सर्जक भन्छन्, ‘जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाई जे भन्न मन लाग्छ, एन्थममा ती पंक्तिहरु समेटिएका छन् ।’
बुद्ध दर्शनमा भएको ध्यान र स्वासको महानतालाई खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ ।
एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन् । लिरिकल भिडियोको निर्माण विवेक निशानीले गरेका हुन् ।
एनपीएलको ट्रफी टुरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा एन्थम सार्वजनिक गरिएको थियो ।















प्रतिक्रिया