
काठमाडौं, १४ कात्तिक । खराब मौसम र कम भिजिबिलिटीका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा उडान बन्द गरिएको छ ।
नेपाल वायुसेवा प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा बाक्लो हुस्सु र बादलका कारण दृश्यता अत्यन्तै कमजोर छ । भरतपुर र तुम्लिङटारमा समेत निरन्तर वर्षा र कुहिरोका कारण उडान सञ्चालन गर्न नसकिएको बताइएको छ ।भद्रपुर विमानस्थलमा भने मौसम क्रमशः सुधार हुँदै गएको र उडान सञ्चालनको तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
वर्षाका कारण हवाई उडानहरू प्रभावित हुँदा यात्रुहरू मर्कामा परेका छन् ।








प्रतिक्रिया