८ कार्तिक २०८३, आइतबार

हरिशयनी एकादशीमा गुल्मीको रेसुङ्गामा घुँइचो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi– अनिल खत्री

गुल्मी ११ साउन । हरिशयनी एकादशिको दिन सोमवार गुल्मीको धार्मिक स्थल रेसुङ्गामा स्नान र पुजाआजा गर्ने श्रद्धालुहरुको दिनभर घुईचो लागेको छ । साउन महिनाको सोमवार र हरिशयनी एकादशि एकैदिन परेको कारण विहानैदेखि गुल्मी लगायत पाल्पा, बागलुङ, अर्घाखाँची, स्वाङ्जा लगायतका जिल्लाहरुवाट श्रद्धालुहरु धर्मकर्मका लागि रेसुङ्गा जाने गर्दछन् ।

गुल्मीको सदरमुकाम तम्घास देखि अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एक महिने मेलामा भिड बढेको हो । धार्मिक तथा पर्यटकिय स्थल पोखरीमा नुहाउन तथा पुजा आज गर्न बिहानै देखि भिड बढेको थियो । नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन ।

धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले यज्ञशालममा एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पुजा संञ्चालन गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेसचन्द्र भुसालले जानकारी दिनुभयो ।
रेसुङ्गामा साउन भर संञ्चालन भएको मेला अन्तर्गत साउन १ गते र साउने औशी, एकादशीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा रहेको भ्युटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीको सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।