काठमाडौं, ३ कार्तिक । माओवादी जनयुद्धमा सहभागी भई पछि स्वेच्छिक अवकाश लिएका म्याग्दीका डायमण्ड सी हाल रूसी सेनामा सेवा गर्दै सेक्सन कमाण्डर पदमा बढुवा भएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो बढुवाको जानकारी दिँदै युक्रेनविरुद्धको युद्धमा अग्रपंक्तिमा खटिएको बताएका हुन्।
डायमण्डले लेखेका छन्, “कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न, बरु नदेखेको सपना पूरा हुन्छ।” उनका अनुसार जनयुद्धका क्रममा अधुरा सपना पूरा गर्न आफूले रूसी सेनामा भर्ती हुने निर्णय गरेका हुन्।
वि।सं। २०६८ सालमा सेना समायोजनका बेला स्वेच्छिक अवकाश लिएका डायमण्ड जनमुक्ति सेनामा बटालियन सह–कमाण्डर थिए। पछि उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव समूहमा पुगेका थिए।
हाल उनी रूसी सेनाको सेक्सन कमाण्डरका रूपमा युक्रेनविरुद्धको युद्धमा सक्रिय छन्। उनकी पत्नी प्रेरणा सिर्पाली पनि माओवादी जनयुद्धकी पूर्वलडाकु हुन्।















प्रतिक्रिया