१० श्रावण २०८३, आइतबार

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता पश्चात आरम्भमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैंकिङ सेवा प्रयोग गर्ने प्रभु बैंकको विश्वास छ ।