८ कार्तिक २०८३, आइतबार

डीआईजीदेखि डीएसपीसम्मलाई आईजीपी अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान, को-को भए बढुवा ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police

काठमाडौँ, १० साउन । सरकारले बढुवा गरेका प्रहरी कर्मचारीलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आइतबार दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गृहमन्त्री स्तरको साउन ७ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी अधिकृतहरु तथा नेपाल सरकार गृहमन्त्रालय सचिव स्तरको विभिन्न मितिको निर्णय अनुसार प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी अधिकृतहरु (प्राविधिक समेत) लाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा दज्र्यानी चिन्हबाट शुसोभन गर्नुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका प्रहरी अधिकृतहरुलाई बधाई दिदै आगामी दिनमा संगठनले अझ बढी योगदानको अपेक्षा राखेको बताउनुभयो । पदको सिमितताका कारणले बढुवा प्रकृयामा व्यवसायीक क्षमतावान व्यक्तिहरु पनि छुटने गरेको टिप्पणी समेत गर्नुभयो ।

कसैको पनि निगाहा वा कृपाको आधारमा बढुवा नहुने बताउदै प्रहरी कर्मचारीहरुको क्षमता, संगठनलाई दिएको योगदान र सेवाको उचित मूल्यांकन गरी बढुवा गरिएको उहाँले बताउनुभयो । आगामी दिनहरुमा कुनै पनि पदको रिक्तता नराखी बढुवा प्रणाली अन्तर्गत प्रहरी कर्मचारीहरुको कामको मूल्यांकन गरी बढुवा प्रदान गरिने बताउदै बढुवा प्रणालीलाई व्यवस्थित पारदर्शी र सस्थागत गर्दै लैजान संगठन सधै क्रियाशिल रहेको समेत बताउनुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थ केन्द्रीत भावनालाई त्यागी स्वमूल्यांकन समेत गरी आफुसंग भएका क्षमतालाई संगठनको बिकासमा उपयोग गर्न आग्रह गर्दै आउदा दिनहरुमा संगठनले धेरै चुनौतीहरुको सामना गर्नुपर्नेतर्फ जोड दिदै एकल प्रयासमा कुनैपनि चुनौतीहरु पार गर्न नसकिने हुँदा सामुहिक, व्यवसायीक एकता र भातृत्वभावका साथ चुनौतीहरु सामना गर्न उपस्थित कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

दज्र्यानी चिन्हबाट शुसोभित हुनेहरुमा प्रहरी नायव महानिरीक्षक सुदिप आचार्य, प्रहरी वरिष्ठ उपरीक्षक बिनोद शर्मा घिमिरे, प्रहरी उपरीक्षकहरु दिपक थापा, अर्जुन चन्द ठकुरी, पवन कुमार गिरी र प्रहरी नायव उपरीक्षकहरु राजन भुजेल, नरेन्द्र चन्द, गोविन्दराज काप्mले, प्रदिप बहादुर क्षेत्री, अंगुर जि.सी., ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रंजितकार, निरन्जन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ्ग, एक नारायण कोईराला,अनन्त राम शर्मा, बिनोद घिमिरे, डा.अमिन कुमार श्रेष्ठ, डा. सुवर्ण कुवँर, डा.संज्ञा मल्ल,उमा ज्ञवाली र उन्देश्वर तिवारी हुनुहुन्छ।

दज्र्यानी चिन्ह शुसोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।