८ कार्तिक २०८३, आइतबार

प्रधानसेनापतिबाट रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

senaकाठमाडौँ, १० साउन । नेपाली सेनाको रथी दर्जामा पदोन्नति हुनुभएका उपरथी बलदेवराज महतलाई आज जङ्गी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति गौरवशम्शेर जबराले रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएपछि बलाध्यक्षको कार्यालयमा पदस्थापन गरिएको छ ।

त्यसैगरी प्रधानसेनापति राणाबाट उपरथी दर्जामा पदोन्नति हुनुभएका कलेज अफ कम्ब्याटका सहायक रथी प्रल्हाद थापालाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभई सहायक बलाध्यक्षमा पदस्थापन गरिएको छ ।

सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी रघु भण्डारी, महासेनानी ज्योतिन्द्रबहादुर खत्री, महासेनानी रामशरण कार्की, महासेनानी नरेशचन्द्र भट्ट र प्राडा महासेनानी रमेश विष्टलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

हाल बलाध्यक्षको कार्यभार सम्हाल्दै आउनुभएका रथी राजेन्द्र क्षेत्रीलाई बलाधिकृतको जिम्मेवारी सम्हाल्ने गरी बलाधिकृतको कार्यालयमा नियुक्ति गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसैबीच, प्रधानसेनापति राणले नवनिर्मित जङ्गीअड्डा सिग्नल केन्द्र तथा ‘भिस्याट नेटवर्क हब स्टेशन’ भवनको आज उद्घाटन गर्नुभएको छ ।