८ कार्तिक २०८३, आइतबार

सक्षम र सुयोग्य न्यायाधीश नभए नियुक्ति नै गर्दिन : प्रधानन्यायाधीश श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalyan-shresthaकाठमाडौँ, १० साउन । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सक्षम र सुयोग्य न्यायाधीश नपाए नियुक्ति नै नगर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनद्वारा नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई बधाई तथा तथा शुभकामना दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा योग्य, अनुभवी र क्षमतावान् न्यायाधीश मात्र नियुक्ति गर्ने बताउनुभयो ।

उहाँले बार एसोसिएसन र बेञ्च प्रतिस्पर्धात्मक अङ्ग नभएकाले एक–अर्कासँग सहकार्य गरेर न्यायपालिकाप्रति जनविश्वास बढाउन सक्रिय रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संविधानमा लेखिएको कुरा फितलो हुन नहुने भन्दै प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “संविधानको प्रारम्भिक मस्यौदाको मौलिक हक मात्र ३० वटा छन्, लेख्नु ठूलो कुरा होइन, त्यसलाई पूरा गर्ने कार्ययोजना बलियो हुनुपर्छ ।”

उहाँले सर्वोच्चमा प्रधानन्यायाधीशसहित ११ न्यायाधीश रहेको तर मुद्दा भने २२ हजार भएकाले जतिसक्दो छिटो न्याय दिन जटिल भएको बताउनुभयो ।

सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता नरहरि आचार्यलगायतका अधिवक्ताहरुले न्यायपालिकाको शुद्धीकरणका लागि संविधानमा न्यायाधीशको पुनःनियुक्ति व्यवस्था हुनुपर्ने विचार राख्नुभएको थियो । रासस