२८ आश्विन २०८३, बुधबार

३२ औ एएनए सम्मेलन रजिस्ट्रेसन दर्ता शुल्क १५ डलर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ANA FINAL 1 A

विजय थापा

३२ औ ए एन ए डिसी सम्मेलनमा पुर्व सूचना गरिएको ए एन ए रजिस्ट्रेसन फि (दर्ता शुल्क) २० डलर बाट घटाई १५ डलर डलर गरिएको छ ।

समुदायको चाहना र आग्रहलाई मध्यनजर गर्दै २० डलर बाट घटाई १५ डलर कायम गरिएको जानकारी गराईएको छ । उक्त १५ डलर बाट उठेको रकम मध्ये १ डलर नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र म्यारिल्याण्डलाई जाने बताइएको छ । त्यस्तै अर्को एक १ डलर ए एन ए नेपाली साहित्य प्रतिष्ठानलाई जाने आयोजकले बताएका छन् ।

३२ औ ए एन ए सम्मेलनको लागि अग्रिम रुपमा दर्ता गर्नेको हकमा ५ डलर फिर्ता गरिने जानकारी दिइएको छ । सम्मेलन नजिकिदै गरेकाले चाँडो भन्दा चाँडो सम्मेलनको लागि दर्ता गर्न आयोजकले आग्रह गरेको छ । सम्मेलनबारे बिस्तृत जानकारीका लागि सम्मेलन वेब संजाल सम्मेलन वेब (संजाल )www.anadcconvention2014.org हेर्न आग्रह गरिएको छ