
काठमाडौं, २५ असोज । भारतको बिहार राज्यबाट नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा देखिएको एक भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
बिहारको मधुबनी जिल्लाको जयनगर क्षेत्रका बासिन्दाले आफ्नो घरको छतबाट सगरमाथा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।
२० सेकेन्डको भाइरल भिडियोमा हिमालको चुचुरो स्पष्ट रूपमा देख्न सकिन्छ ।
सत्यम राज नामक एक प्रयोगकर्ताले एक्समा लेखेका छन्, ‘बिहारको मधुबनीको जयनगरबाट हिमालयको भव्य दृश्य ।’
हालैको भारी वर्षापछि सफा मौसमका कारण सुन्दर हिउँले ढाकिएको हिमालको दृश्य देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यी हिमालहरू सन् २०२० मा पनि देखिएको थियो । जतिबेला कोभिड–१९ महामारीको समयमा जब लकडाउनका कारण प्रदूषण स्तरमा उल्लेखनीय गिरावट आएको थियो ।












प्रतिक्रिया