
काठमाडौं, २५ असोज । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवा संघको जनउत्साह देखेर गृह मन्त्रालय तर्सिएको दाबी गरेका छन् ।
आज शनिबार गर्ने भनिएको मोटरसाइकल र्यालीको भव्यता र जनउत्साहदेखि तर्सिएर गृह मन्त्रालयले र्याली रोक्न निर्देशन दिएको बस्नेतले बताए ।
‘राष्ट्रिय युवा संघ नेपालले गर्ने भनिएको मोटरसाइकल र्यालीको भव्यता र जनउत्साहदेखि तर्सिएर गृहमन्त्रालयले र्याली रोक्न निर्देशन जारी गरेको छ । पहिलो चरणमा संगठनले २४ घण्टाको अल्टिमेटम दिँदै सरकारी निर्देशनको सम्मान गरेको छ । तर २४ घण्टा पछाडि पनि र्याली गर्न वातावरण नबनाइए । र्याली रोक्ने जुनसुकै प्रयत्न भयो भने त्यसको प्रतिवाद हुनेछ । सरकारले यो कुरा हेक्का राखोस् ।’ पूर्वमन्त्री समेत रहेका बस्नेतले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रियता, लोकतन्त्र र संविधानको पक्षमा उठेको आवाज दबाएर शान्ति सम्भव छैन ।’












प्रतिक्रिया