१ कार्तिक २०८३, शनिबार

प्रहरीको प्रष्टीकरण : आईजीपीले ओली र लेखकलाई पक्राउ गर्नुपरे राजीनामा दिन्छु भनेका छैनन्

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेपाल प्रहरीले एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखालाई पक्राउ गर्नुपरे राजीनामा दिने प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुमार खापुङले चेतावनी दिएको भन्ने समाचार निराधार रहेको स्पष्ट पारेको छ ।

प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै महानिरीक्षकले राजीनामा दिने चेतावनी दिएको भन्ने समाचार असत्य र भ्रामक भएको स्पष्ट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “प्रहरी महानिरीक्षकले कहीं कतै पनि त्यस्तो आशय झल्किने अभिव्यक्ति नदिएको जानकारी गराइन्छ।”

प्रहरीले हालै प्रधानमन्त्री तथा गृहमन्त्रीसँग भएको सुरक्षा बैठकमा आईजीपी खापुङले देशभरका सुरक्षासम्बन्धी चुनौतीहरूबारे जानकारी दिँदै शान्ति–सुरक्षा र कानून–व्यवस्थाको अवस्थामाथि मात्र केन्द्रित रहेर आफ्नो धारणा राखेका स्पष्ट पारेको छ ।