३० आश्विन २०८३, शुक्रबार

काठमाडौं प्रशासनले युवा संघलाई दिएन प्रदर्शनको अनुमति

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघले भोलि गर्ने भनिएको प्रदर्शनका लागि स्वीकृति नदिने भएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रशासनका अनुसार, फरकफरक समूहले भोलि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल ¥याली तथा सभा गर्ने तयारी गरेका थिए ।