काठमाडौँ, १० साउन । सडक दुर्घटनामा परी आइतबार एक स्कुटर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी काठमाडौँ महानगरपालिका–१६ कालिधाराका १८ वर्षीय ईभान अमात्यको मृत्यु भएको हो ।
ललितपुरको पुल्चोकबाट ज्ञानोदयमोडतर्फ जाँदै गरेको बा ५६ प ९५९ नम्बरको स्कुटरलाई ज्ञानोदय स्कुलको बा १ ख ३०५० नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक अमात्य गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा अल्का अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक किसनसिंह थापाले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया